नेप्सेमा दोहोरो अंकको गिरावटः २११ कम्पनीको शेयर मूल्य घट्दा ४ अर्ब ७२ करोडमा खुम्चियाे काराेबार
काठमाडौं । बिहिबार पुनः सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। हिजो १.४० अङ्कले बढेको नेप्से परिसूचक आज १२.९५ अंकले घटेर २६ सय ५२ दशमलव ५८ बिन्दुमा रोकिएको छ।
नेप्से परिसूचकसँगै यसदिन कारोबार रकम पनि खुम्चिएको छ। आज ३४९ वटा कम्पनीको १ करोड २३ लाख ७३ हजार ८४१ कित्ता शेयर ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँमा किनबेच भएको छ ।
हिजो ३५८ वटा कम्पनीको २ करोड १२ लाख २३ हजार ४१४ कित्ता शेयर ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँमा किनबेच भएको थियो ।
माइक्रोफाइनान्स बाहेक आज सबै समुहका उपसूचक घटेका छन् । यसदिन ५६ वटा कम्पनीको शेयर बढेको छ भने २११ वटाको घटेको छ । यस्तै १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।















