१९ कार्तिक २०८३, बिहिबार

अमेरिकी चुनावमा ट्रम्पकाे ऐतिहासिक हारसँगै इलाेन मस्ककाे सम्पत्ती एकै दिन ६६ खर्ब घट्याे



काठमाडाैँ । संयुक्त राज्य अमेरिकामा त्यहाँका राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे दल रिपब्लिकनले नमीठाे हार व्यहाेरेपछि संसारकै सबैभन्दा धनी व्यक्ति इलाेन मस्ककाे सम्पत्ती एकै दिन करीब ४४ अर्ब अमेरिकी डलर घटेकाे छ ।

फाेर्ब्सकाे “रियल टाइम बिलियनर्स लिस्ट”मा मस्ककाे सम्पत्ती हिजाे चुनावका दिन साँझ ५ बजे ९ खर्ब १ अर्ब ७० कराेड डलर थियाे । तर अघिल्लाे हप्ता (कात्तिक १२ काे मध्यान्हमा) उनकाे सम्पत्ती ९ खर्ब २१ अर्ब ८० कराेड डलर पुगेकाे थियाे ।

तर चुनावकाे भाेलिपल्ट अर्थात् अमेरिकी समयअनुसार बुधवार दिउँसाे ४ बजेसम्म उनकाे सम्पत्ती ८ खर्ब ५८ अर्बमा झरिसकेकाे छ । यसरी पछिल्लाे २३ घण्टामा मस्कले ४३ अर्ब ७० कराेड डलर (करीब ६६ खर्ब रूपैयाँ) गुमाएका छन् ।

अझ, पछिल्लाे एक साताकाे विवरण हेर्ने हाे भने उनकाे सम्पत्ती ६३ अर्ब ८० कराेड डलर (करीब रू. ९६ खर्ब ३४ अर्ब) गुमाएकाे फाेर्ब्सकाे विवरणमा देखिन्छ ।

मस्कले रिपब्लिकन पार्टीका उम्मेदवारहरू र रूढिवादी संस्थाहरूलाई समर्थन गर्न कम्तीमा ४४ करोड ५० लाखदेखि ४७ करोड ४० लाख अमेरिकी डलर (करिब ४३ अर्ब ७० करोडदेखि ५० अर्ब नेपाली रुपैयाँ) खर्च गरेका छन्। यो कुनै पनि एकल व्यक्तिले अमेरिकी मध्यावधि निर्वाचनमा गरेको इतिहासकै सबैभन्दा ठूलो खर्च मानिएको छ। उनले विशेषगरी आफ्नो पकड रहेको टेक्सास राज्य र विभिन्न कङ्ग्रेस (संसदीय) सिटहरूका लागि यो रकम खन्याएका थिए।

यति ठूलाे खर्च गरेर उनले रिपब्लिकन उम्मेदवारहरूलाइ जिताउन खाेजे पनि ट्रम्पकाे दलले इतिहासकै दुर्लभ हार व्यहाेरेकाे छ । फलस्वरूप अमेरिकामा रिपब्लिकन सत्ताकाे लाभ लिइरहेका मस्ककाे सम्पत्ती भारी मात्रामा घटेकाे हाे । मस्कले ट्रम्प राष्ट्रपति भएकाे सुरूअाति दिनमा ‘डिफ्याक्टाे प्रेसिडेन्ट’कै रूपमा सत्ता चलाएकाे भन्ने धेरैकाे बुझाइ छ ।

अमेरिकी सत्ताकै बलमा उनले संसारभर अाफ्नाे स्याटेलाइट टेलिकम कम्पनी स्टारलिंककाे जालाे फैलाउन सफल भएका छन् भने टेस्लालाइ वैश्विक बजारमा सहज प्रवेश दिलाएका छन् । तर अमेरिकी संसदकाे गणितमा अब बहुमतकाे अाँकडा रिपब्लिकनकाे हातबाट खाेसिएर डेमाेक्र्याट्सकाे हातमा पुगेपछि शेयर बजारमा उनका कम्पनीहरूकाे भाउ उँधाेगतिमा देखिएका छन् ।

उता, अमेजनका मालिक जेफ बेजाेसकाे सम्पत्ती भने भारीमात्रामा बढेकाे छ । गत साेमबार ३५८ अर्ब अमेरिकी डलर रहेकाे उनकाे सम्पत्ती मंगलबार साँझ ५ बजे ३७० अर्ब ५० कराेड पुगेकाे थियाे । तर बुधबार विहान १० बजे बजार खुल्दाबित्तिकै उनकाे सम्पत्ती एकैपल्ट १६ अर्ब ३० कराेड डलर (झण्डै २५ खर्ब नेपाली रूपैयाँ) बढ्याे ।