बिओके क्यापिटलको पाँचौ वार्षिक साधारण सभा, ४.५ प्रतिशत नगद लाभांस « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

बिओके क्यापिटलको पाँचौ वार्षिक साधारण सभा, ४.५ प्रतिशत नगद लाभांस



काठमाडौं । बिओके क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंसिर ५ गते क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले आ.ब. २०७६/०७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.ब. २०७६/७७ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी २१ करोडको ४.५ प्रतिशतका दरले नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।


प्रतिक्रिया दिनुहोस्