नारायणी डेभलपमेन्ट बैंकको सेयर कारोबार फुकुवा, बोनस पनि समायोजन « Arthapath.com
९ मंसिर २०७७, मंगलवार

नारायणी डेभलपमेन्ट बैंकको सेयर कारोबार फुकुवा, बोनस पनि समायोजन



काठमाडौं । २०७० चैतदेखि सेयर कारोबार रोक्का रहेको रहेको नारायणी डेभलपमेन्ट बैंकको नेप्सेमा सेयर कारोबार फुकुवा भएको छ । बैंकको मंसिर ८ गतेबाट कारोबार खुला फुकुवा गरिएको हो । राष्ट्र बैंकले बैंकलाई २०७० चैत २७ गते समस्याग्रस्त घोषणा गरे लगत्तै सेयर कारोबार रोक्का भएको थियो । राष्ट्र बैंकले २०७७ साउन ८ गतेदेखि बैंकलाई समस्याग्रस्तबाट सशर्त फुकुवा गरेको थियो ।

समस्याग्रस्त सुचीबाट फुकुवा भएसंगै हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ । बैंकले १ः१ अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

यता, नेप्सेले बैंकको चुक्ता पुँजीको ५० प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता २९० रुपैयाँमा ओपन रेञ्ज पनि तोकेको छ । बैंकको २ लाख १८ हजार ७४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम कारोबार हुनसक्ने गरी सूचीकृत भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्