बिहिबार थप १३ सय ४३ जनामा कोरोना , १३ जनाको ज्यान गयो « Arthapath.com
१८ मंसिर २०७७, बिहीबार

बिहिबार थप १३ सय ४३ जनामा कोरोना , १३ जनाको ज्यान गयो



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ ।

आज देशभर १५ हजार ७ सय ६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घन्टामा देशभर १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ५१ जना संक्रमितको मृत्यु भइसकेको छ।


पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९जनाको पिसिआर परीक्षण भएको थियो ।


प्रतिक्रिया दिनुहोस्