आरएमडीसीको साधारण सभा भोली, २० प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ औँ वार्षिक साधारण सभा भोलि हुने भएको छ । कम्पनीको कार्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण मंसिर २२ गते गर्ने निर्णय गरेको थियो । कम्पनीको साधारण सभा रजिष्टर्ड कार्यालय, पुतलीसडक, काठमाडौँमा हुने भएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन र प्रस्तावित लाभांश पारित गर्ने भएको हो ।
आर्थिक वर्ष २०७६÷०७७ को वितरण योग्य मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने भएको हो ।