राष्ट्र बैंककले सेयर कर्जाको शिलिङ घटाउने चर्चासंगै सेयर बजारमा पहिरो, लगानीकर्ताले झण्डै ६५ अर्ब गुमाए « Arthapath.com
२१ मंसिर २०७७, आईतवार

राष्ट्र बैंककले सेयर कर्जाको शिलिङ घटाउने चर्चासंगै सेयर बजारमा पहिरो, लगानीकर्ताले झण्डै ६५ अर्ब गुमाए



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार साँझ जारी गरेको मौद्रिक नितीको अर्धवार्षिक समिक्षामा सेयर कर्जामा अहिलेको सिलिङ घटाउने बताएपछि सेयर बजारमा पहिरो गएको छ । साताको पहिलो दिन नेप्से कारोवारमा प्रायः सबै राताम्मे देखिए ।

आइतबार सेयर बजारमा नेगेटिभ सर्किट लागेर बन्द भएको छ । बिहीबार सबै कम्पनीको सेयरमा हरियाली छाउनुका साथै २०५५.५५ अंकमा पुगेको बजार आइतबार भने ह्वात्तै हटेर १९३२.११ अंकमा झरेको छ । राष्ट्र बैंकको नितीका कारण बजार केही घटेपनि सेयर कर्जाको सिलिङमा राष्ट्र बैंकले प्रष्ट पारेपछि बजार पुरानै अवस्थामा जाने ब्रोकर एसोशिएसनका पुर्व अध्यक्ष भरत रानाभाटले बताए ।

आइतबार कारोवार सुरु देखीनै बजार केही समय उतार चढाव हुँदै घट्न थालेको थियो । ११ बजेदेखि ३ बजेसम्म हुने कारोबारमा पहिलो घण्टा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशत र तेस्रो घण्टा ६ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लाग्ने नियम छ । आइतबार सर्किट ब्रेक लाग्दासम्म नेप्से परिसूचक ३.३४ अंकले घटेर १९३२.११ अंकमा बन्द भएको हो ।

बजारमा लगानीकर्ता आत्तिएर बेच्न लाग्दा नेगेटिभ सर्किट लाग्न पुग्यो । सेयरलाई दिइँदै आएको कर्जामा केही कडाइ गर्ने अनुमान लगानीकर्ताहरुले गरेका कारण निराश हुन पुगेका हुन । ७० प्रतिशत मार्जिन कर्जालाई अकस्मात परिवर्तन गर्न खोजेकाले पुँजी बजारलाई अस्थिर बनाउन राष्ट्र बैंक स्वयं नै लागिपरेको र गलत प्रभावमा परेर हतारको रूपमा गरिएको निर्णयले गर्दा सेयर बजारमा पहिरो गएको एक लगानीकर्ताले बताए ।

साताको अन्तिम दिन गत बिहीबार ८ अर्ब भन्दा बढि कारोबार भएको नेप्सेमा यस साताको पहिलो दिन आइतबार ७ अर्ब २० करोडको कारोबार भएको छ । गत बिहीबार नेप्से सूचक २०५५.४५ अंकमा बन्द भएको थियो भने आज १९३२.११ अंकमा आएर बन्द भएको छ । १२३.३४ अंकले घटेको बजार समय अगावै सर्किट लागेर बन्द भएको छ । आज केही कम्पनीहरुका सेयर मूल्य सामान्य हरियो देखिएको भएपनि अधिकांश कम्पनीको मूल्यमा राताम्य देखियो । आज बैंकिङ ६४.९, ब्यापार समस्ह १५९.५४, होटल ८१.९९, बिकास बैंक ७६.२७, हाइड्रो पावर ८६.५१, फाइनान्स १९.५३, नन लाइफ ५६९.२५, उत्पादन समूह३६२.४१ र अन्य समूह १६४.०९ अंकले गिरवाटमा आउँदा लगानीकर्ताहरुले एकैदिनमा लगभग ६५ अर्ब गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्