बैंक अफ काठमाण्डूले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्दै « Arthapath.com
२२ मंसिर २०७७, सोमबार

बैंक अफ काठमाण्डूले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्दै



काठमाडौं । बैंक आफ काठमाण्डूले मंसिर २४ गतेदेखि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ हजार अंकित दरमा १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ६ लाख ४० हजार सर्वसाधारणको लागि र बाँकी रहेको ९ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने भएको हो । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा मंसिर २८ र ढिलोमा पुस ८ गतेसम्म रहेको छ ।

न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन गर्न सक्ने छन् । कम्पनीले निष्कासन गर्ने ऋणपत्र १० वर्षसम्मको लागि वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको उल्लेख गरेको छ । निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्