इक्रा नेपालले २०१ प्रतिशत लाभांश दिने « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

इक्रा नेपालले २०१ प्रतिशत लाभांश दिने



काठमाडौं । इक्रा नेपाल लिमिटेडले २०१ प्रतिशत लाभांश दिने भएको छ । यसका लागि कम्पनीले आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार पौष २० गते साधारण सभा हुने भएको हो । कम्पनीको साधारण सभा केन्द्रिय कार्यालय डिल्लिबजार काठमाडौंमा दिउँसो १ बजेबाट सुरु हुने भएको हो ।

सभामा कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट १५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५१.४९ प्रतिशतका दरले नगद लाभांश गरि कुल २०१.४९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।


प्रतिक्रिया दिनुहोस्