कोरोना संक्रमित कर्मचारीले सार्वजनिक विदा पाउने « Arthapath.com
२२ मंसिर २०७७, सोमबार

कोरोना संक्रमित कर्मचारीले सार्वजनिक विदा पाउने



काठमाडौं । विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसले गर्दा सबै आंक्रन्त बनेका छन । सरकारले कोभिड–१९ बाट संक्रमणका कारण क्वारेन्टिन वा आईसोलेसनमा बसी अथवा अस्पतालमा उपचार गराइरहेका कर्मचारीलाई अनुपस्थित अवधिमा सार्वजनिक विदा कायम गरिदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले मंसिर १० गते क्वारेन्टिन वा आईसोलेसनमा बसेका कर्मचारीलाई बढीमा १४ दिनसम्म र अस्पतालमा उपचाररत रहेको अवधिभर सार्वजनिक विदा कायम गरिदिने निर्णय गरेको हो । निर्णय निजी संघसंस्थाका हकमा समेत लागू गराउन भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले परिपत्र गरेको छ ।


प्रतिक्रिया दिनुहोस्