एनआइसी एशिया क्यापिटलको डाइनामिक डेब्ट फण्ड बाँडफाँड

काठमाडौं । एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाई मंगलबार बाँडफाँड गरिएको छ । एनआईसी एशिया क्यापिटलले मंसिर १२ गतेदेखि मंसिर १६ गतेसम्म डाइनामिक डेब्ट फण्डको नाममा प्रति इकाई १० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्री खुल्ला गरेको थियो । जसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई १ करोड २५ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । उक्त इकाईमा ७९ हजार ५ सय १४ जना आवेदकहरुबाट ५ करोड ६० लाख १६ हजार ५ सय ७० कित्ता इकाईका लागि आवेदन परेको थियो ।
१ सय इकाईदेखि ५ लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई माग गरे बमोजिम इकाई वितरण गरिएको छ । यसैगरी, १० लाख इकाईदेखि ५० लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई ६ लाख ६४ हजार ८ सय २० इकाईका दरले बाँडफाँड गरिएको छ । त्यस्तै, बाँकी रहन आएको ५० इकाईको हकमा १० लाख १० इकाईदेखि ५० लाख इकाई माग गर्ने ५ जना आवेदकहरुलाई पूनः १० कित्ता थप गरि कुल ४ करोड २५ लाख इकाई बाँडफाँड गरिएको योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जानकारी दिएको छ ।