घरेलु लघुवित्तको साधारण सभा पुष १४ गते, समता लघुवित्तसँग मर्जरमा जाने « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

घरेलु लघुवित्तको साधारण सभा पुष १४ गते, समता लघुवित्तसँग मर्जरमा जाने



काठमाडौं । घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा पुस १४ गते अहाह्वान गरेको छ । कम्पनीको साधारण सभा पन्चकन्या बैंक्वेट, बनेपामा बिहान ११ बजे शुरु हुने भएको हो ।

सभाले समता लघुवित्तसँग मर्जरमा जाने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, घरेलु लघुवित्त र समता लघुवित्त एक आपसमा मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त गाभ्ने गाभिने संस्थाको चल अचल सम्पत्ति र दायित्व मूल्यांकन समेतको आधारमा निर्धारण गरिएको शेयर स्वाप रेशियो पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने भएको हो ।
त्यस्तै, आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक उपर छलफल गरी पारित गर्ने, २०७७÷०७८ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि छलफल गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्