ज्योति लाइफ ६६ करोडको आईपीओ जारी गर्दै, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्डमा « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

ज्योति लाइफ ६६ करोडको आईपीओ जारी गर्दै, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्डमा



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) को निष्काशन अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । हाल कायम रहेको पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निकाष्शन तथा बिक्री प्रबन्धकमा एनएमवी क्यापिटल रहेको छ ।

चुक्ता पूँजी १ अर्ब ५४ करोड रूपैयाँ रहेको ज्योति लाइफले ६६ करोड रूपैयाँ आईपीओ निष्काशन गर्ने छ । ज्योति लाइफले २०७४ माघ १० गतेको साधारण सभाबाट जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रूपैयाँ पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस्