बैंक अफ काठमाण्डूको वार्षिक ८.५० प्रतिशत ब्याजदरमा ऋणपत्र आजदेखि बिक्री खुला « Arthapath.com
२४ मंसिर २०७७, बुधबार

बैंक अफ काठमाण्डूको वार्षिक ८.५० प्रतिशत ब्याजदरमा ऋणपत्र आजदेखि बिक्री खुला



काठमाडौं । बैंक अफ काठमाण्डूले वार्षिक ८.५० प्रतिशत ब्याजदरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र आजदेखि बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

कुल ऋणपत्रमध्ये ९६ करोड रुपैयाँबराबरको ९ लाख ६० हजार कित्ता ऋणपत्र व्यक्तिगत र ६४ करोड रुपैयाँ बराबरको ६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतममा ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा छिटोमा मंसिर २८ गते र ढिलोमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ । १० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्