मंगलबार १५ सयले बढेको सुन बुधबार फेरि घट्यो, कति हुँदै छ कारोबार ?

काठमाडौं । बुधबार छापावाला सुनको मुल्य तोलामा ७ सयले घटेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको छ । बुधबार तेजावी सुनको मुल्य प्रतितोला ७ सय घटेर ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर प्रतितोला १२ सय १५ रुपैँयामा कारोबार भएको छ ।
त्यस्तै, मंगलबार सुनको मूल्य १५ सयले बढेर तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १५ सयले बढेर ९३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला १२३५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, सोमबार सुनको मूल्य १ सयले घटेर प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको थियो । त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य ९२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदी ५ रुपैयाँले घटेर १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आइतबार सुनको मूल्य २ सय रुपैयाँले घटेर तोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य ६५० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।