आइपीओ भर्दै हुनुहुन्छ भने ९ अर्ब १० करोडको आइपीओ आउँदै « Arthapath.com
२४ मंसिर २०७७, बुधबार

आइपीओ भर्दै हुनुहुन्छ भने ९ अर्ब १० करोडको आइपीओ आउँदै



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक सहित ३ कम्पनीहरुले ९ अर्ब १० करोड ५० लाख रुपैयाँको आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डसँग माग गरेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, न्यादी हाइड्रो पावर कम्पनी र महिला लघुवित्त वित्तिय संस्थाले आइपीओको लागि धितो पत्र बोर्डमा अनुमति मागेका हुन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको ८ करोड कित्ता निष्काशन गर्न माग गरेको हो । हाल नेपाल इन्फास्ट्रक्चर बैंकको चु्क्ता पुँजि कूल १२ अर्ब छ । आईपिओ जारी गरेपछि बैंकको कूल चुक्ता पुँजि २० अर्ब पुग्ने छ । बैंकले विकास पूर्वाधारमा मात्रै लगानी गर्न पाउनेछ ।

त्यस्तै, ज्योति लाइफले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता आइपीओ निष्काशन गर्न माग गरेको हो । ज्योतिको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । त्यस्तै महिला लघुवित्त वित्तिय संस्थाले ४ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न माग गरेको छ । बिक्रि प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ । न्यादी हाइड्रो पावर लिमिटेडले ४० करोड ५० लाख रुपैयाँ बरारबको आइपीओ निष्काशन गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्