आज १२१७ जनामा कोरोना, सक्रिय संक्रमित १२,३८६ जना

काठमाडौं । नेपालमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण देखिएको छ । योसहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।
त्यस्तै, बिहीबार १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
बिहीबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसिआर परीक्षण भएको छ।
नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन् ।