मर्चेन्ट बैंकर संघको अध्यक्षमा थापा चयन, को–को आए कार्यसमितिमा ?

काठमाडौं । मर्चेन्ट बैंकर एसोसिएसनको अध्यक्षमा एनआईबिएल एस क्यापिटलका डेपुटी सिईओ मेख बहादुर थापा चयन भएका छन । शुक्रबार सम्पन्न एघारौं साधारणसभाले अध्यक्षमा थापालाई चयन गरेको हो ।
त्यसैगरी संघको उपाध्यक्षमा सनराइज क्यापिटलका सिईओ बिजयलला श्रेष्ठ, महासचिवमा ग्लोवल आईएमई क्यापिटलका सीईओ पारशमणी ढकाल, कोषध्यक्षमा एनआइसि एसिया क्यापिटलका रमेन्द्र रायमाझी चयन भएका छन ।
साधारणसभाले सदस्यहरुमा कृति क्यापिटलका सीईओ रहेका दिपेश बैद्य, नागरीक लगानी कोषका मर्चेन्ट बैंकिङ प्रमुख नारायणप्रसाद घिमिरे र नेपाल एसबिआई मचेज्न्ट बैंकिङका सीईओ रोशनी भारतीलाई चयन गरेको छ ।