स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टचार भएको आसंकामा लेखा समितिले बोलायो स्वास्थ्य मन्त्रीलाई « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टचार भएको आसंकामा लेखा समितिले बोलायो स्वास्थ्य मन्त्रीलाई



काठमाडौं । कोरोना भाइरसको महामारीको समयमा जोखिम न्यूनिकरणको लागी सरकारले खरिद गरेका स्वास्थ्य सामाग्रीमा भ्रष्टचार भएको आसंकामा संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानभक्त ढकालसंग सोधपुच गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक खरिद प्रक्रिय पुरा नगरी स्वास्थ्य सामाग्री खरिद गरेको भन्दै १ दर्जनभन्दा बढी उजुरी परेको छ ।

संसदको सार्वजनिक लेखा समितिले विगतमा कोरोनाको महामारीको समयमा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमिततका भएको भन्दै संसदीय समितिले छानविन गर्न लागेको हो । सरकारले कोरोनाको सहमारीको समयमा स्वास्थ्य मन्त्रालय अन्र्तगत नेपाली सेना मातहत सरकारले बिना टेण्डर पिसिआर परिक्षण सामाग्रीलगायत खरिद गरेको थियो ।

सरकारले स्वास्थ्य सामाग्री खरिदको बेलामा सरकारी खरिद प्रक्रिय नअपनाई ओम्नी समुहलाई राजनितीक पहुँदको भरमा दिएको थियो । संसदीय समितिले स्वास्थ्य मन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको छ । संसदीय समितिले स्वास्थ्य मन्त्रीसंग किन खरिद प्रक्रिया नअपनाइएको भन्दै सोधपुच गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्