नेकपा स्थायी कमिटी बैठक स्थगित « Arthapath.com
२८ मंसिर २०७७, आईतवार

नेकपा स्थायी कमिटी बैठक स्थगित



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आइतबार बसेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो।

नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अर्को बैठक पुस १ गते १ बजे बस्ने बताइएको छ ।

पूर्व राजदूत एवम पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट ज्यान गएको थियो संसद र पार्टी कमिटीहरुमा हुँदै आएको प्रचलनअनुसार नै आजको बैठक स्थगित भएको श्रेष्ठले हो ।


प्रतिक्रिया दिनुहोस्