प्रचण्डले मागे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजिनामा, नेकपा विवाद झन चर्कदै « Arthapath.com
१ पुष २०७७, बुधबार

प्रचण्डले मागे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजिनामा, नेकपा विवाद झन चर्कदै



काठमाडौं । सत्तारुढ नेकपाको दुई अध्यक्षको विवाद झनै चर्कदै गएको छ । पार्टीमा दुई अध्यक्षविचको विवाद बढ्दै जाँदा फुटनजिक पुगेको विश्लेषण गरिएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्रीले संबैधानिक परिषदसंबन्धी अध्यादेश रातारात जारी गरेपछि असन्तुष्ट बनेका छन ।

नेकपामा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख प्रचण्डको इशारामा चलेको भन्दै र प्रधानमन्त्रीले बोलाएको संबैधानिक परिषद बैठकमा नगएपछि ओलीले अध्यादेशनै जारी गरेका छन । अध्यादेश रातारात जारी भएपछि पार्टीमा ओली इतरका नेताहरुले विरोध गर्दै आएका छन ।

पार्टी निती नमानेको, कुनैपनि राजनितीक नियुक्तीमा पार्टीमा कुनै छलफल नगरेको भन्दै प्रचण्डले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्न माग गरेका छन । प्रचण्डले ओलीलाई दुवै पदबाट राजीनामा दिएर निकास दिन आग्रह गरेका छन । अन्यथा पार्टी एकतानै भंग हुने भन्दै प्रचण्डले कडा चुनौती दिएका छन ।

प्रधानमन्त्रीको राजिनामालाई ओलीले ठाडै अश्वीकार गरेका छन । प्रचण्डको दस्तावेजबारे हुने छलफल हुने भएपछि प्रधानमन्त्रीले पार्टी स्थायी कमिटि बैठकमा नआउने जनाएका छन । आफुलाई लगाइएको लान्छना सुन्न स्थायी कमिटि बैठकमा नआउने अडान पनि ओलीले लिएका छन ।


प्रतिक्रिया दिनुहोस्