अघिल्लो बर्ष १९ प्रतिशत लाभांश दिएको इन्भेष्टमेन्ट बैंकको १८.५० प्रतिशत लाभांश घोषणा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अघिल्लो बर्ष १९ प्रतिशत लाभांश दिएको इन्भेष्टमेन्ट बैंकको १८.५० प्रतिशत लाभांश घोषणा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको पुस ५ गते बिहान सम्पन्न ५४० औं बैठकले १३ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५.५० प्रतिशत नगद लाभांश गरी कुल १८.५० प्रतितश लाभांश घोषणा गरेको हो ।

अघिल्लो वर्ष बैंकले १०.५० बोनस र बोनसमा लाग्ने कर सहित ८.५० प्रतिशत नगद लाभांश गरि कूल १९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्