७ श्रावण २०८३, बिहिबार

आइतबार थप ५ सय ८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख ५३ हजार नाघ्यो



काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ ।

तयसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०९७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४३ हजार ६६४ रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८३२० जना रहेका छन ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ११ जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७ सय ८८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्