राष्ट्र बैंकले २१ अर्ब ३ करोडको ट्रेजरी बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब ३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि १४ अर्ब ३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
उक्त ट्रेजरी बिल चैत्र १० गते परिपक्क हुनेछ । यसैगरी, बैंकले १८२ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असार ८ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल पौष ६ गते परिपक्क हुनेछ ।
त्यसैगरी, आज ३ बजे बोलकबोल भएर भोलि पौष ७ गते ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।
