कांग्रेस कार्यालयमा ४ बजे सर्वदलीय बैठक « Arthapath.com
६ पुष २०७७, सोमबार

कांग्रेस कार्यालयमा ४ बजे सर्वदलीय बैठक



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार ४ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएको छ । आइतबार नै कांग्रेस, नेकपाको दाहाल–नेपाल समूह तथा जसपाका नेताहरूले अनौपचारिक छलफल गरेर संयुक्त विरोध कार्यक्रम गर्ने तय गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका बारे छलफल हुने र विरोध कार्यक्रम तय हुने कांग्रेसका एक नेताले बताए ।


प्रतिक्रिया दिनुहोस्