यो मेरो रहर होइन, वाध्यता हो: प्रधानमन्त्री ओली « Arthapath.com
६ पुष २०७७, सोमबार

यो मेरो रहर होइन, वाध्यता हो: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारमाथि असहयोग र घेराबन्दीका कारण संसद विघटन गरी जनताको बीचमा जानु परेको बताएका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम निर्वाचनको जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको उनले बताए ।

‘यो आकस्मिक र अप्रत्यासित देखिएको भए पनि लामो समयदेखि थियो । केही नेताका विकृत र जनअपेक्षा विपरीतका गतिविधिका कारण सिर्जना भएको हो,’ ओलीले भने।

प्रतिनिधिसभाको विघटन आफ्नो रहर वा रुचि नभएर वाध्यता भएको बताएका हुन् । ‘यो मेरो पनि रहर र रुचि थिएन। तर पार्टीभित्रैबाट घेराबन्दी र बाहिरबाट अहसयोग भएपछि वाध्य भएर जनता जाने कदम चालेको हुँ । यो मेरो रहर होइन, वाध्यता हो ।’


प्रतिक्रिया दिनुहोस्