कतिपय नेताले देशमा अनन्त अस्थिरता फैलाउन खोजे: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कपितय नेताले देशलाई अनन्त अस्थिरतामा फसाउन खोजेको आरोप लगाएका छन् । देशवासीमा नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले ३ वर्षको समयमा आफ्नो सरकारले उल्लेख्य उपलब्धी र विकास सुचकांकमासमेत अगाडि बढाएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारमाथि असहयोग र घेराबन्दीका कारण संसद विघटन गरी जनताको बीचमा जानु परेको बताएका छन् । आम निर्वाचनको जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको उनले बताए ।