प्रधानमन्त्री ओलीले बोलाए नेकपाको केन्द्रीय समिति बैठक « Arthapath.com
६ पुष २०७७, सोमबार

प्रधानमन्त्री ओलीले बोलाए नेकपाको केन्द्रीय समिति बैठक



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।

यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो ।

यता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरका सांसदहरुको भेला संसद भवन बानेश्वरमा सुरु भएको छ । वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत ९० भन्दा बढी सांसदहरु संसद भवनमा भेला भएका छन् ।


प्रतिक्रिया दिनुहोस्