कोका-कोला र सान्टा क्लजको कथा

काठमाडौं । विगत केही दशकदेखि डिसेम्बर महिनामा सेतो दाह्री भएको व्यक्ति, रातो कोट लगाएर कोलरमा सेतो फर र स्लिभ, काँधमा झोला बोक्ने दृश्य विशेष गरी नेपालमा प्रचलित छ । तिनीहरू लगभग प्रत्येक वर्षको यस समयमा सबै ठाउँमा देखिन्छन् । मलहरू, सुपर स्टोरहरू र न्यूरोडको सडकहरूमा यो दृश्य प्रशस्तै देख्न सकिन्छ । रातो र सेतो पोशाकमा गीतहरू गाउँदै, पैदल यात्रीहरूलाई हात हल्लाउदै सबैलाई क्रिसमसको शुभकामना दिने यी प्रफुल्ल मानिसलाई देख्दा सधैं राम्रो लाग्छ ।
सन् १९३१ भन्दा अघि, सान्टा क्लजको हामीलाई अहिले थाहा भएको र मन पराउने भन्दा भिन्न रुप थियो । त्यसबेला, सान्टालाई एक अग्लो दुब्लो मानिसदेखि लिएर डरलाग्दो देखिने योगिनीसम्म चित्रण गरिएको थियो । एक सिभिल वार कार्टुनिस्ट थोमस नास्टले १८६२ मा सान्टा क्लज हार्परस् विकल्लीमा संघलाई समर्थन गर्ने एउटा सानो योगिनी जस्तो चित्र कोरे । त्यसपछि नास्टले ३० वर्षसम्म सान्टाको कोटको कलर खैरोबाट रातोमसम्म परिवर्तन गर्दै बनाउन जारी राखे जुनलाई आज सान्टा भनेर चिनिन्छ ।
८१ वर्ष पहिले, एक व्यक्तिको कल्पनाशक्ति र कलात्मक स्पर्शको लागि धन्यवाद जसले समकालीन दर्शनमा सेतो दाह्री सहित प्रफुल्ल मुद्रा भएको भद्र पुरुषको रूपमा सान्टा क्लजलाई जन्म दिए । छुट्टीका लागी कोका—कोलाको विज्ञापनको एक लामो श्रृंखला चलाइसकेका स्वीडीस्—अमेरिकी कलाकार ह्याडन सन्डब्लोमद्वारा बनाईएको, सान्टा क्लजको आजको पोषित संस्करणले तुरुन्तै संसारभर छुट्टीको मौसमको प्रतीकको रूपमा मान्यता पाएको छ ।
सान्टाको कोका-कोला संस्करण पहिलो पटक १९३१ मा सार्वजनिक गरिएको थियो जसलाई स्विीडीस्अ-मेरिकी कलाकार ह्याडन सन्डब्लोमले सिर्जना गरेका थिए जुन प्रिन्ट विज्ञापनको श्रृंखलामा-द स्याटर्डे इभिनिंग पोष्ट, लेडीज होम जर्नल, नेशनल जियोग्राफिक र अन्य अमेरिकी प्रकाशनहरू देखा परेको थियो । मनमोहक छविहरूले सर्वसाधारणहरुलाई आकर्षित गर्यो, जसले प्रायःतुरुन्तै मायालु व्यक्तित्वलाई क्रिसमसको स्थायी प्रतीकको रूपमा अपनायो । त्यसपछिका केही दशकहरूमा, ठूलो ब्रासको बेल्टको बकलको साथ रातो र सेतो सूटमा मानिस जुन सेन्ट निकोलसको कलाकारका चित्रणहरु-“फादर क्रिसमस” चित्रदर्शी रूपमा देखा प¥यो ।
सन् १९३१ देखि १९६४ सम्म, कोका-कोलाको विज्ञापनले सान्टाले खेलौना पठाउँदै (र उनीहरूसँग खेल्दै!), पत्र पढेर कोकको मज्जा लिन रोकिएको, उनलाई अभिवादन गर्न आएका केटाकेटीहरूसँग भेट्दै, र धेरै घरहरुमा रेफ्रिजरेटरहरूमा छापा मारेको देखियो ।
अर्को रमाईलो तथ्य के हो भने, कोका-कोलाको सान्टा एक बिक्रेतामा आधारित थियो । सन्डब्लोमले शुरुवातमा प्रफुल्ल, कहि रिंगकल्ड विशेषता भएको मिलन्सार सेवानिवृत्त सेल्सम्यान लु प्रिन्टिसलाई हेरेर सान्टाको हसिलो अनुहारको मोडलिंग गर्यो । जब प्रिन्टिसको मृत्यु भयो, सन्डब्लोमले आफूलाई मोडलको रुपमा प्रयोग गरेर ऐनामा हेर्दा चित्र बनाए । अन्तमा, उनले सेन्ट निकको छवि सिर्जना गर्न फोटोग्राफरहरूमा भर पर्न थाले ।
कोका-कोला सान्टा छविलाई मानिसहरू यत्ति धेरै मन पराए कि उनीहरूले हरेक विवरणलाई एकदम ध्यान दिएर हेर्न थाले र केही परिवर्तन भएपछि तिनीहरूले कोका- कोला कम्पनीलाई चिठी पठाउन थाले । एक पटक जब सान्टाको बेल्ट पछाडि थियो र अर्को जब सान्टा क्लज विवाहको औंठी बिना देखा परे, प्रशंसकहरूलाई क्लाउजको श्रीमतीलाई के भयो भनेर सोध्न बाध्य तुल्यायो ।
सान्टा क्लजले सन् १९४२ “स्प्राईट ब्वाई” नामक नयाँ साथी पायो, जुन कोका-कोलाको विज्ञापनमा १९४० र १९५० को दशकमा सान्टा क्लजसंग देखिएको एक पात्र थियो । सन्डब्लोमले नै सृजना गरेको स्प्राईट ब्वाईको नाम चाहीँ उनी स्प्राइट वा योगिनी भएको यर्थाथबाट रहन गएको हो ।(यो १९६०को दशकसम्म कोका-कोलाले लोकप्रिय पेय पदार्थ स्प्राइर्ट सार्वजनिक नगरेसम्म थिएन ।)
सन्डब्लोमले १९६४ मा सान्टा क्लजको अन्तिम संस्करण सिर्जना गरे, तर धेरै दशकहरू सम्म कोका-कोलाको विज्ञापनले सन्डब्लोमको मूल कार्यहरूमा आधारित सान्टाको छविहरू चित्रित ग¥यो । यी चित्रहरू कम्पनीको अभिलेख विभागको कला संग्रहमा सबैभन्दा मूल्यवान चीजहरू हुन् र यो पेरिसको लुभ्रे, टोरन्टोको रोयल ओंटारियो संग्रहालय, शिकागोको विज्ञान र उद्योग संग्रहालय, टोकियोको द इसटान डिपार्टमेन्ट र स्टकहोमको एनके डिपार्टमेन्ट स्टोर जस्ता प्रख्यात स्थानहरूमा विश्वभरि प्रदर्शन भइरहेको छ । धेरै मूल चित्रहरु कोका-कोलाको विश्व अटलान्टा, गामा प्रदर्शनमा देख्न सकिन्छ ।
सन् २००१ मा, सन्डब्लोमको १९६३ को चित्रकलाको कलाकृति कोका-कोलाको सान्टा अभिनीत एनिमेटेड टिभी विज्ञापन लागि आधार थियो । उक्त विज्ञापन एकेडेमी पुरस्कार विजेता एनिमेटर अलेक्सान्ड्रो पेट्रोभद्वारा सिर्जना गरिएको थियो ।
कोका-कोलाले निश्चित रूपमा सान्टा क्लजको किवदन्ती सिर्जना गरेन । तर, कोका-कोलाको विज्ञापनले आज हामीलाई चिनेको प्रफुल्ल पात्रलाई निर्माण गर्न ठूलो भूमिका निर्वाह गरेको थियो ।