१८ भदौ २०८३, बिहिबार

बैंकिङ ईन्स्टिच्यूटले ५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । नेशनल बैंकिङ ईन्स्टिच्यूट लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ । सञ्चालक समितिले गरेको यो निर्णय पुस २७ गते बस्ने १२ औं वार्षिक साधारणसभाले पारित गर्ने छ ।

साधारणसभा भर्चुअल माध्यमबाट बस्ने छ । ३ जना सञ्चालकहरुलाई समेत नियुक्त अनुमोदन गर्ने कार्यक्रम रहेको छ । सञ्चालक समितिले सनराईज बैंकका सञ्चालक आरती राज्यलक्ष्मी राणा, राष्ट्र बैंकको तर्फबाट तुलसीप्रसाद घिमिरे र स्वतन्त्र सञ्चालक निर्मल दाहाललाई नियुक्ति गरेको हो ।