समृद्धिका लागि सूचना प्रविधिको उप्रयोग अपरिहार्य
काठमाडौं । सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको आर्थिक समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य रहेको बताएका छन ।
कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघले आयोजना गरेको पहिलो इन्डस्ट्री गभर्मेन्ट डाइलगु कार्यक्रमका सहभागी मन्त्री, सूचना प्रविधि विज्ञहरू र निजी क्षेत्रका प्रतिनिधिहरूले सूचना प्रविधिको उच्चतम अभ्यासले नै सुशासन सहितको समृद्धि हासिल हुने धारणा राखेका हुन् ।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योग, व्यवसाय क्षेत्रको विकास र डिजिटाइजकै लागि सरकारले डिजिटल नेपाल फ्रेमवर्कु अवधारणा कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ुसरकारले अगाडि सारेका नितिहरुमा के ग्याप छ, के अपुर्णता छ, नितिगत प्रबन्धका कार्यान्वयनका बारेमा चालेका कदमहरुमा कहांनिर अपुग छ ? त्यसका निमित्त के गर्नुपर्ला ? कस्ता नितिहरु लिनु पर्ला ? म क्यानको नेतृत्वलाई भन्न चाहन्छु,नवराज कुँवरजीलाई भन्न चाहन्छु, संस्थागत रुपमा, ब्यबस्थित सुझाव लिएर आउनुस, हामी संचार मन्त्रालय, अर्थ मन्त्रालय आमने सामने बसेर छलफल गर्न तयार छौं ।
अर्थमन्त्रीले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका साथै अन्य सम्बन्धित निकायहरूबीचको तत्काल सार्थक बैठकको तयारी गर्न क्यानलाई गर्दै सूचना प्रविधि क्षेत्रमा विश्व सँगसँगै अघि बढ्न नेपाल सक्षम भइसकेको उहाँले बताउनुभयो । विश्वसँगै प्रतिस्पर्धी क्षमता राख्छौँ भन्ने अठोट गरेर हामी अगाडि बढौँ, उहाँले भन्नुभयो, कोभिड १९ जस्ता चुनौती जतिबेला पनि आउन सक्छन्, सूचना प्रविधि त्यस्तो क्षेत्र हो, जो कुनै पनि चुनौती सामना गर्न सक्छ, हामी अहिल्यै त्यसका निम्ति तयार भएर बसौँ ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि दक्ष जनशक्ति उत्पादन र उत्पादित जनशक्तिको क्षमता अभिवृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । जसरी मोबाइल एउटा कल्चर बनिसक्यो, त्यसैगरी आईसीटी कल्चरको विकास गर्नुपर्छ, त्यसका लागि डिजिटल लिटरेसी पनि आवश्यक छ,ु उहाँले भन्नुभयो, छोटो अवधिमा निजी क्षेत्रबाट जे भइरहेको छ, यो अत्यन्तै सराहनीय छ, सूचना प्रविधि उद्योगले प्राप्त गरेको ‘गुडविल’ र नाफा दुवैको पुनः प्रयोगका लागि सरकार नीतिगत रुपमा अघि बढिसकेको छ । मन्त्री गुरुङले आईसीटी सेक्टरको इन्भेस्टमेन्ट समिट आयोजनाका लागि क्यान महासंघलाई आग्रह पनि गर्नुभयो ।













