मेरो माइक्रोफाइनान्सको साधारण सभा पुस २८ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । मेरो माइक्रोफाइनान्सको ८ औं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । कम्पनीको साधारण सभा, होटल वाटर टावर विदुर–३, बट्टार, नुवाकोटमा बिहान ११ बजे सुरु हुने भएको छ । कम्पनीको १६.९३ प्रतिशत बोनस शेयर र कर तिर्न ०.८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित हुने भएको छ । कम्पनीले १४ करोड ४८ लाख ६० हजार बराबरको बोनस वितरण गर्ने छ । करका लागि ७६ लाख २४ हजार २१० रुपैयाँ नगद लाभांश पनि वितरण गर्ने भएको हो ।
कम्पनी अन्य कुनै वित्तीय संघसंस्थामा गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ ।
सर्वसाधारण लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको आर्थिक बर्ष २०७६।०७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल गरिने भएको हो । सभा गर्न मेरोले पुस १७ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । जसको कारण पुस १७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन पाउने छन् ।




