बालुवाटारमा सुरू भयो ओली पक्षको केन्द्रीय कमिटी बैठक , प्रचण्ड पक्ष रायमाझी र थापा पनि सहभागी « Arthapath.com
७ पुष २०७७, मंगलवार

बालुवाटारमा सुरू भयो ओली पक्षको केन्द्रीय कमिटी बैठक , प्रचण्ड पक्ष रायमाझी र थापा पनि सहभागी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीनिकट सदस्यहरूको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार बिहान पौने ११ बजे बैठक सुरू भएको हो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालको भन्दा अगाडी नै ओलीनिकटको केन्द्रीय समिति बैठक बसेको छ ।

प्रचण्ड नेपालनिकट केन्द्रीय सदस्यको बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दै छ ।

बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड पक्ष नेताहरु मणि थापा र टोपबहादुर रायमाझी पनि सहभागी भएका छन ।


प्रतिक्रिया दिनुहोस्