साना किसानको पुस १६ गतेदेखि २८ गतेसम्म बुकक्लोज, लाभांश पारित गर्न बोलायो साधारण सभा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १६ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्ने छन् ।
कम्पनीको साधारण सभा पुस २८ गते, बिहान ११ बजे, आफ्नो रजिष्टर्ड कार्यालय, सुविधानगर, तिनकुने, काठामाडौँमा हुने छ ।
चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने रकम २५ करोड ५७ हजार ३५६ रुपैयाँ ४२ पैसा र सोको कर प्रयोजनको लागि १.३१५७ प्रतिशतले हुन आउने रकम १ करोड ३१ लाख ६० हजार ९१३ रुपैयाँ ५० पैसा बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, स्वतन्त्र सञ्चालक पदमा नियुक्ति, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।