मंगलबार थप ७२२ कोरोना संक्रमित थपिए, ९६६ जना डिस्चार्ज भए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ३ जना संक्रमितको ज्यान गएको छ । यो संगै ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना उपचारपछि डिस्चार्ज भएका छन्। । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ८४ हजार १ सय ८१ पुगेको छ












