प्रचण्ड पक्षको ज्यादती, नेपाललाई अध्यक्ष बनाउने निर्णय असहमति जनाउँदा पनि टेरेन

काठमाडौं । मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेपछि प्रचण्ड–नेपाल समूहका सदस्यले नै असहमति जनाएका छन् । माधवकुमार नेपाललाई अध्यक्ष बनाउने नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको निर्णयमा केन्द्रीय कमिटी सदस्य प्रभु साहले विरोध जनाएपनि यसमा कुनै सुनुवाइ नहुने भएको छ । यसरी असहमति जनाउँदा पनि जवरजस्त गर्नु भनेको ज्यादती भएको एक नेताले बताए ।
शाहले जनाएको यो निर्णयलाई नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेको भन्दै उक्त विषयमा छलफल नहुने भन्दै दबाउन खोजेका छन् ।
साहले दुईवटा अध्यक्ष बनाउँदा नौटंकीजस्तो हुने भन्दै एउटै अध्यक्ष बनाउनुपर्ने धारणा राखेका थिए ।