नबिल बैंकले गर्यो डोटीको सायल गाउँपालिका र बैतडीको पञ्चेश्वर गाउँपालिकासंग यस्तो सम्झौता
काठमाडौं । नबिल बैंकले स्थानिय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पुर्याउने उदेश्यले स्थानीय तहसंग सम्झौता गरेको छ ।
सोही अनुसार गत आइतबार डोटी जिल्लाको सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र सोमबार पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दसँग नबिल बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्द विच हस्ताक्षर सम्पन्न भएको छ ।
बैंकको कार्यक्रममा जनप्रतिनिधि, स्थानिय व्यबसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतका उपस्थिती रहेको थिय ।कार्यक्रमलाई सम्बोधन गर्दैै नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पुर्ण कर्जाको माध्यमबाट स्थानियको आर्थिक विकासमा बैंकले के कस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पारेका थिए ।
गाउँपालिकाका अध्यक्षद्वय तेज बहादुर डुम्रेल र गोरख बहादुर चन्दले, बैंक र गाउँपालिका बिचको सम्झौता प्रशंसा योग्य रहेको धारण व्यक्त गरेका छन । नबिल बैंकले १ सय १९ वटा शाखाहरु, १ सय ८५ वटा एटिएमहरुको विशाल संरचना र १५ हजार भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको बैंकले जनाएको छ ।













