नेकपा केन्द्रीय कार्यालय ओली पक्षको कव्जामा « Arthapath.com
८ पुष २०७७, बुधबार

नेकपा केन्द्रीय कार्यालय ओली पक्षको कव्जामा



काठमाडौं । नेकपाको केन्द्रीय कार्यालय रहेको धुम्बराहीको पार्टी अफिस ओली पक्षको कव्जामा रहेको छ ।

कार्यालयमा ओली पक्षले बुधबार ताला लगाएको छ । आधिकारीक नेकपाको दाबी गर्दै आएको नेकपा ओली पक्षले पार्टी कार्यालय कब्जा गरेको हो ।

नेकपामा ओली पक्ष र प्रचण्ड पक्षको लगातार केन्दीय समितिको बैठक चलिरहेको बेला केन्द्रीय कार्यालयमा नै ओली पक्षले कव्जामा गर्न सफल भएको छ । पार्टी भित्र आन्तरीक विवाद बढेपछि आईतबार ओलीले अचानक संसद विघटन गरेका थिए ।

केन्द्रीय कार्यालयमा प्रचण्ड नेपाल पक्षले बैठक गर्न तयारी गदै गर्दा महासचिव विष्णुप्रसाद पौडेलले बैठक नर्गन निर्देशन दिएका थिए । त्यस लगतै प्रचण्ड नेपाल पक्ष पछाडी सरेको हो ।


प्रतिक्रिया दिनुहोस्