१८ भदौ २०८३, बिहिबार

प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १० गतेदेखि बैंकको बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रभु बैंक लिमिटेडले पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको पुष १ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १९औं वार्षिक साधारण सभाको मिति तय गरेको हो । बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ ।

7_old.indd