संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहले १४ गते र कांग्रेसले १३ गतेदेखि देशभर आन्दोलन गर्ने « Arthapath.com
९ पुष २०७७, बिहीबार

संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहले १४ गते र कांग्रेसले १३ गतेदेखि देशभर आन्दोलन गर्ने



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूह र नेपाली काग्रेसले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

नेकपाको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिदेखि काठमाडौंमा विरोध गर्ने र देशव्यापी प्रदर्शन भने १४ गते हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । त्यस्तै, नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो पार्टी केन्द्ररुीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । बैठक जारी छ ।


प्रतिक्रिया दिनुहोस्