कामना सेवाको विस्तारीत शाखा बानेश्वर बहुमुखी क्याम्पसमा सञ्चालन « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कामना सेवाको विस्तारीत शाखा बानेश्वर बहुमुखी क्याम्पसमा सञ्चालन



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३१, शान्तीनगर स्थित बानेश्वर बहुमुखी क्याम्पसमा आज पौष १० गते देखी विस्तारीत शाखा स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका तर्फबाट अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका तर्फबाट प्रा. डा. घमान सिंह खड्काले संयुक्त रुपमा विस्तारीत शाखाको समुद्घाटन गर्नुभएको थियो ।

अब यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारीत शाखाबाटनै भुक्तानी गर्नसक्नुहुनेछ । साथै कामना सेवाका अन्य ग्राहकहरुले पनि यस एक्सटेन्शन काउन्टरबाट बैकिङ कारोबार गर्न सक्नुहनेछ । सार्वजनिक बिदा बाहेकका दिनहरुमा ग्राहकहरुले यो काउन्टरबाट बिहान साढे ७ बजे देखी दिउँसो ३ बजे सम्म कारोबार गर्न सक्नुहुनेछ ।


प्रतिक्रिया दिनुहोस्