हालसम्मकै ठूलो आईपीओ जारी गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो स्वीकृति

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति पाएको छ ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर ८ गते बोर्डमा निवेदन दिएको थियो । धितोपत्र बोर्डले पुस १० गते शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।
कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्ने छ ।