महालक्ष्मी विकास बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३ हजार कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई निवेदन दिन आग्रह गरेको छ । बैंकले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बुझाउन आग्रह गरेको छ ।
