७ श्रावण २०८३, बिहिबार

१०० ग्राम सुन जस्तो देखिने पहेँलो धातु सहित नुवाकोट र धादिङका १ – १ जना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ पार्किङ एरियाबाट करिब १०० ग्राम सुन जस्तो देखिने पहेँलो धातुको दुई थान बालासहित दुई जना पक्राउ परेका छन ।

उनीहरूको साथबाट नगद आठ लाख ७७ हजार रूपैयाँ समेत शनिबार बिहान बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भएका ४० वर्षीय प्रल्हाद थापा र काठमाडौं कीर्तिपुर बस्ने धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भएका ४२ वर्षीय अर्जुनप्रसाद थपलिया रहेका छन । उत धातु भन्सार छली ल्याउन लागेको फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्