नेप्सेको तथ्याङ्क प्रयोग गर्दा मासिक ५ सय देखि ६० हजारसम्म तिर्नुपर्ने, के-के छ व्यवस्था ? (पूर्णपाठसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू भएको छ । नेप्सेको सञ्चालक समितिको निर्णय अनुसार उक्त कार्यविधि पुस १ गते, बुधबार स्वीकृत गरी सोही मिति देखि लागू भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्याङ्क प्रयोग गर्दा मासिक ५ सय देखि ६० हजार रुपैयाँसम्म र्तिुपर्ने भएको छ । नेप्सेले तथ्याङ्क प्रयोग सम्बन्धी कार्याविधि बनाई व्यक्ति तथा संस्थाका लागि आवश्यक डाटा अनुसार शुल्क निर्धारण गरेको हो ।
नेप्सेले जारी गरेको कार्यविधि अनुसार सुरुमा डाटा प्रयोगका लागि इन्टलेसन फिको रुपमा १ लाख रुपैयाँ तिर्नु पर्ने उल्लेख छ । त्यसपछि तथ्याङक प्रयोग कर्ता संस्था, ब्यक्ति, शैक्षिक र व्यवसायिक प्रयोजनका लागि छुट्टा–छुट्टै दर कायम गरेको छ । नेप्सेको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि अनुसार इन्भेष्टमेन्ट कम्पनी, वित्तीय विश्लेषकका लागि सबै तथ्याङकका लागि प्रति महिना १० हजार रुपैयाँ तोकिएको छ ।
यस्तो तथ्याङ्कको इन्स्टलेसनका लागि एक पटक १ लाख रुपैयाँ लाग्नेछ । नेप्सेमा पाइने कुनै एक मात्र तथ्याङ चाहने प्रयोगकर्ताले छुट्टा–छुट्टै तथ्याङक अनुसार मासिक शुल्क तिर्न पर्ने व्यवस्था कार्यविधिमा छ । त्यसैगरी तथ्याङ्क वितरक, वित्तीय औजार विकासकर्ता आदिले नेप्सेको तथ्याङक प्रयोग गर्दा मासिक रुपमा ६० हजार रुपैयाँ तिर्नु पर्छ भने सञ्चार माध्यमले १० हजार रुपैयाँ तिर्नु पर्ने कार्यविधिमा उल्लेख छ । त्यसैगरी शैक्षिक संस्थाले ५ हजार तिर्नु पर्नेछ भने विदेशी व्यक्ति वा संस्थाले मासिक २ हजार डलर तिर्नु पर्ने व्यवस्था कार्यविधिमा रहेको छ ।
पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्:
http://www.nepalstock.com/uploads/files/news/46a12e783ecbfa4d9eedf59e4cc2ed0f.PDF











