नागरिक लगानी कोषको हकप्रद र ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नागरिक लगानी कोषले निष्काशन गर्न लागेको हकप्रद शेयर र ३ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (पुस १३ गते) अन्तिम दिन रहेको छ । चारवटै कम्पनीले पुस १४ गते बुकक्लोज गर्दैछन् । आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले नागरिक लगानी कोषको हकप्रद, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र एनएमबि लघुवित्तको लाभांश प्राप्त गर्न सक्नेछन् ।
नागरिक लगानी कोषले पुस २८ गतेदेखि चुक्ता पूँजीको ८२ प्रतिशत अर्थात १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद निष्काशन गर्ने छ । कोषको हकप्रद शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । सो हकप्रद शेयरमा माघ १९ गतेसम्म आवेदन दिने सकिने छ ।
त्यस्तै, एनएमबि लघुवित्तले पुस २७ गते नै साधारण सभा बोलाएको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सो सभा बोलाएको हो ।
त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा आयोजना गर्ने भएको छ ।
त्यसैगरी, लुम्बिनी विकास बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्तावसहित पुस २६ गते साधारण सभा बोलाएको छ ।