मर्मत सम्भारको लागि एक साता मनकामना केबुलकार बन्द हुने

काठमाडौँ । मर्मत सम्भारको लागी १ साता मनकामना केबुलकार सेवा बन्द हुने भएको छ ।
भोली मंगलबारदेखि एक सातासम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिएका छन ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको महामारीसँगै ९ महिना बन्द रहेको केबुलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो ।
सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिएको मनकामना केबुलबार मर्मत सम्भारको लागी हामीले १ साता सेवा बन्द गर्न लागेका हौ शेरचनले भने ।