राष्ट्र बैंकले सेयर कर्जा पुनर्संरचना गर्यो
काठमाडौं । आवधिक प्रकृतिका कर्जालाई समेत राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ । घर, सवारी, सेयरजस्ता व्यक्तिगत कर्जालाई बैंकले कोरोना प्रभावित क्षेत्रमा बर्गीकरण गरेको हो ।
नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशिका–२०७७’ मा संशोधन तथा परिमार्जन गर्दै व्यक्तिगत कर्जा लिने ग्राहकहरूको कर्जा भुक्तानीको स्रोत अति तथा मध्यम प्रभावित क्षेत्रका व्यवसायहरू रहेको भएमा त्यस्ता ऋणीहरूले लिएको कर्जालाई कोरोना प्रभावित क्षेत्रमा वर्गीकरण गरी सोहीअनुसारको सुविधा दिन बैंक तथा वित्त कम्पनीलाई निर्देशन दिएको छ ।
यसअघि राष्ट्र बैंकले कोरोना प्रवाभित क्षेत्रका ऋणीलाई १० प्रतिशत ब्याज तिरेर ऋणको पुनसंरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको थियो । जसअनुसार अव व्यक्तिगत आवासीय घर कर्जा, सवारी साधन कर्जालगायत व्यक्तिगत कर्जा लिने ग्राहकहरूको कर्जा भुक्तानीको स्रोत अति तथा मध्यम प्रभावित क्षेत्रका ब्यवसायहरू रहेको भएमा त्यस्ता ऋणीहरूले लिएको कर्जाको हकमा समेत यो व्यवस्था लागू हुने राष्ट्र बैंकले जनाएको छ ।

















