नेपाल राष्ट्र बैंक १ अर्ब ४० करोड मुद्दती निक्षेपमा लगानी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंक लिमिटेडले १ अर्ब ४० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६७ दिनका लागि (२०७७ साल माघ १ गतेदेखि २०७८ साल माघ १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले पुस १६ गते दिउँसो ३ बजेसम्म उक्त रकमका लागि प्रस्ताव ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
