नेकपाको सबै बैंक खाता रोक्का, पार्टीका नाममा ३ अर्बभन्दा बढी सम्पत्ति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सबै बैंक खाता रोक्का भएको छ । नेकपा पार्टीभित्र बढेको विवादसँगै माधव–प्रचण्ड समूहले बैंक खाता रोक्का गर्न बैंकमा पत्रचार गरेको हो ।
माधव–प्रचण्ड समूहले पुस १२ गते बैंकलाई पत्रचार गर्दै पार्टीका नाममा भएका बैंक खाता गर्न रोक्का गर्न माग गरेको हो । नेपाल बैकंर्स संघका अध्यक्ष भुवनकुमार दाहालले विवाद भइसकेपछि स्वतस् खाता रोक्का भइसकेको बताए ।
निर्वाचन आयोग वा अदालतले निर्णय नगर्दासम्म खाता रोक्का गरिने उनले जानकारी दिए । हालसम्म पार्टीका नाममा ३ अर्बभन्दा बढी सम्पत्ति छ । पार्टीका नाममा भारतमा समेत जग्गा भएको बताइएको छ ।












